१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चर्चित र्यापर लाउरे ब्राउन सुगर लागुऔषधसहित पक्राउ




१५ पुस ०७८, पोखरा । चर्चित र्यापर आशिष राना ‘लाउरे’ लागुऔषधसहित पक्राउ परेका छन् । पोखराबाट बुधबार राति लागुऔषधसहित उनी पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनी ब्राउनसुगरसहित पक्राउ परेका हुन् । उनको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीको दाबी छ ।
कास्की प्रहरीको हिरासतमा रहेका उनी रियालीटि शो हिमालय रोडिजका निर्णायकमध्ये एक हुन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  १ : २३ बजे