११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


सरकारी सुविधाको लोभले आफ्नै बहिनीसँग विवाह !




एजेन्सी
१६ पुस ०७८, नयाँ दिल्ली । एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हो ।
सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ ।
कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ ।
सो विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो । केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए ।
एउटा सरकारी कार्यलयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए । गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ । यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्डबारे छानविन सुरु भएको छ । न्युजकारखाना

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  १२ : २३ बजे