१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवाद्वारा १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन



१७ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका नेपाली कांग्रेसले जनाएको छ ।
नेता पौडेलसँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।

कांग्रेसमा १६८ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।