११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी अध्यक्षमा प्रचण्ड निर्विरोध



१९ पुस ०७८, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएका केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए ।

प्रचण्डलाई पार्टी अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेता नारायणकाजी श्रेष्ठ र समर्थन नेता कृष्णबहादुर महराले गरेका थिए ।  नेता श्रेष्ठको प्रस्ताव र नेता महराको समर्थनलाई केन्द्रीय समितिका सदस्यले सर्वसम्मत स्वीकृत गरेका थिए ।
नवर्निवाचित केन्द्रीय सदस्यहरूको शपथसँगै माओवादीको केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकले अध्यक्षबाहेकको पदाधिकारीको टुङ्गो लगाउने बताइएको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ५ : २४ बजे