७ माघ २०८२, मंगलबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजबाट कोभिड खोपको अतिरिक्त मात्रा लगाइने



२० पुस ०७८, काठमाडौं । आजदेखि कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा लगाइने भएको छ।

कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले अतिरिक्त मात्रा लगाउने निर्णय गरेको हो।

मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर रोगी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरु सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिले कोभिडविरुद्धको खोपको अतिरिक्त मात्रा लगाउन पाउनेछन्।

लक्षित व्यक्तिहरुले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई खोपको थप मात्रा लगाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।