१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विद्यालयमा कार्वन उत्सर्ग शुन्य गर्ने बहस सुरु



२० पुस ०७८, काठमाडौं । काठमाडौ विश्वविध्यालय स्कूल अफ एजुकेशन, एम फिल, दोस्रो सेमिष्टरका विध्यार्थीहरुले विश्वमा जलवायु परिवर्तनको वहस भईरहदा विध्यार्थीहरुवाट स्कूललाई कसरी कार्वन उत्सर्ग शुन्य वनाउने विषयमा वहस सुरु भएको छ ।
विश्व विध्यालय स्कल अफ एजुकेशनका डिन प्रा.डा.वालचन्द्र लुइटेल, प्रा.डा महेशनाथ पराजुली, डा. हरी लम्साल, सचिव, वागमती प्रदेश, डा.राधा वाग्ले, पासाङ्ग डोल्मा सेर्पा,डा.शोभा पौड्याल र सन्तोष दाहाल, विभिन्न संघ संस्थाहरुको प्रतिनिधिको रुपमा उत्साहजनक उपस्थिती बहस सुरु गरिएको थियो । हाल विश्वव्यापी रहेको कोभिड महामारीलाई मध्यनजरमा राखि उक्त गोष्ठी वेवनार मार्फत भएको थियो । विषय अति नै महत्वपुर्ण भएकाले विभिन्न सरोकारवालहरुसंग एम.फीलमा अभ्ययनरत विध्यार्थिहरुले संकलन गरेका तथ्याङ्कहरुलाई केन्द्रमा राखि गोष्ठी सञ्चालन गरिएको थियो ।
उक्त गोष्ठीमा माथि उल्लेखित महानभावहरु वाहेक स्कुलमा वातावरण विषय अध्यापन गराइरहेका शिक्षक, विद्यार्थी प्रतिनिधि र अन्य पेशागत सारोकारवालाहरुको समेत व्यापक उपस्थिती थियो ।
स्कुल अफ एजुकेशनका डिन प्रा.डा बालचन्द्र लुइटेलद्धारा मन्तव्य दिदै यसको कार्यको सफलताको लागि र कार्यमका लागि डा.मान.व विक , डा राजकुमार ढङ्गाना,विद्याथीहरुले देखानुभएको लगनको प्रसंसा गरे । सो अवसरमा उहाले एक विध्यार्थी एक विरुवा र सामूदायिक विद्यालयहरुमा कृषि वगैचा लगायत अन्य वातावरणिय जोखिम न्युनिकरणमा निति नियम र यसको महत्वको वारेमा उदाहरण सहित व्याख्या गर्नु भई आगामी आउने दिनमा यस कार्यक्रम एक सफल उदधोषको रुपमा रुपान्तरण हुने कुरामा दुइमत नहुने कुरा व्यक्त गरे । सहभागी कक्षा आठमा अध्ययनरत बिधाथि ग्रिस्मा सिग्देल फोहरमैला जथाभाबि ब्यवस्थापन गर्दा कार्बन न्युनिकरण भन्दा थप बढ्ने धारण ब्यक्त गरे ।
सरोकारवालाहरुले विध्यमान निति र हाल उनीहरुले विद्यालयमा देखेका समस्याहरु साथै यसलाई न्यूनिकरण गर्न विद्यालयहरुले खेलेका भूभिकाहरुलाई प्रष्ट्याएका थिए । विश्वमा अस्वाभाविक आएको जलवायु परिवर्तनले देखिएको समस्था र कार्वनको अत्याधिक उत्सर्जनले आएका स्वास्थ्य र पृथ्वीलाई रोगी वनाएको विषमा आउने दिनमा कसरी न्यूनिकरण गर्न सकिन्छ र निति र नियतिलाई संगै लजान सकेमा यो कुराको सम्भावना छ भनि डा. हरी लम्सालले आफनो तर्क राखे । यसैगरि निति अनुसन्धान प्रतिष्ठानका अनुशन्धान अधिकृत डा.शोभा पौड्यालले विभिन्न देशमा गरिएका प्रयोग ग्रिएका निति नियम र सफलताका कारणले कार्यक्रम सफल भएको र नेपालमा पनि यो सम्भावना रहेको कुरा व्यक्त गर्नू भयो । पेरीस सम्झौतामा नेपालले पनि हस्तान्तरण गरेकोले आगामी दिनमा यो विषय निति नियमा संलग्न नगरि नहुने कुरा बताइन् ।
अन्य विषयमा छलफल हुंदा विध्यालयमा हुने कार्वन अत्सर्गमा सवारी साधन, क्यान्टीन लगायत प्लाष्टिकजन्य फोहर व्यवस्थापन मा देखिने समस्यालाई नै प्रथमिक्तामा राखि विषय उठान भएको थियो । पाठ्यक्रम नै प्रथम सुरुवात विन्दु हुने भएकोले यस विषमा पाठ्यक्रमा नै विध्यार्थीहरुलाई यस विषमा जागरुक वनाउने कुरामा डा. राधा वाग्लेले आफ्नो धारणा राखे । अन्य विषयमा निति नियमा अलि व्यवहारिक भए यो विषलाई अति नै सहज रुपले लैजान सकिने कुरामा जोड दिए । अन्य सरोकालवालाहरुको विषयमा प्रष्तुतिकरण दिई विध्याथिहरुले आफूले ल्याएका विषयवस्तु उठान गरि निति नियममा गरिन सकिने सम्भावनाहरु आफनो विषयसंग सम्वन्धित विज्ञहरुलाई राखेका थिए । जसमध्ये विद्यालय, नागरिक समाजको भुमिका, स्थानिय सरकार आदिवाट स्कुलाई कार्वन सून्य कसरी राख्न सकिन्छ भन्ने विषयमा प्रतक्षय कुराकानी र प्रश्नोतर गरि प्राप्त विवरणहरु तथ्यको आधारमा राखेका थिए । अन्तमा विश्वविद्यालयका पुर्व डिन प्रा.डा महेनाथ पराजुलीले यो समस्या पृथ्वीको हो के हामी अवको ५० वर्ष पछि मानव कोरुपमा रहने कि एक मिसीन औजारको रुपमा तसर्थ पृथ्वी वचे भने हामी र हाम्रो अस्तीत्व रहन्छ नभए विषय उठान हुदैमा यसले पुर्णता प्राप्त गदैन । जवसम्म हामी र हाम्रो चेतनाको स्तर वृद्धि भई शिक्षा र पर्यावरणको पाठ्यक्रममा समन्वय हुदैन तवसम्म यो खतरा रहि रहने छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।