१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जीप दुर्घटना, एक जनाको मृत्यु



फाइल तस्विर

२१ पुस ०७८, सुर्खेत । दैलेख भगवतीमाई गाउँपालिका २ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको हो ।
जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ५३ बजे