१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


देशभरको बदली, वर्षा र हिमपातको सम्भावना(पूर्वानुमानसहित)



२२ पुस ०७८, काठमाडौं ।  देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा सामान्यदेखि पूर्णताया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराईका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्य देखि पूर्णताया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदुरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २२ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराइका थोरै भू-भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ।
२०७८ पौष २३ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ ।  प्रदेश १ र २ का एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने छ ।  प्रदेश १ र २ का एक-दुई स्थानमा र  बाँकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

२०७८ पौष २४ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका  उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ। साथै आगामी दिनहरूमा मौसममा हुने परिवर्तन बारे जानकारी लिई मौसम पूर्वानुमान सम्बन्धि सूचनामा अध्यावधिक रहनुहुन समेत अनुरोध छ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ९ : ०० बजे