१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुदूरपश्चिममा बढ्न थाले कारोना सङ्क्रमित




२२ पुस ०७८,डोटी । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो । छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ । भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक÷एकजना सक्रिय सङ्क्रमित छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सक्रमितको सङ्ख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १२ : २० बजे