१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा एकैदिन१ लाख ४१ हजारभन्दा धेरै कोरोनाका नयाँ संक्रमित थपिए



भारतको अमृतसारमा मोरसाइकल चालकहरुलाई रोकेर सरकारी लकाउन कार्यान्वयन गराउने क्रममा रोक्नका लागि थैनाथ प्रहरी । तस्विर ः एएफपि\रासस

एजेन्सी ।  भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का १ लाख ४१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अघिल्लो २४ घण्टाको तुलनामा भारतमा नयाँ संक्रमितको संख्या २१ प्रतिशतले बढेको हो।

त्यस्तै भारतमा कोरोनाको संक्रमणदर पनि ९.२८ प्रतिशत पुगेको छ। २४ घण्टामा २८५ जनाको मृत्यु भएको छ भने ४० हजारभन्दा धेरै मानिस संक्रमणमुक्त पनि भएका छन्।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ४ लाख ७२ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ४० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने पश्चिम बंगालमा नयाँ संक्रमितको संख्या १८ हजारभन्दा धेरै छ।

त्यस्तै दिल्लीमा १७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।