२६ पुस ०७८,ललितपुर । ललितपुरको भोलढोका मा रहेको ललित कल्याण केन्द्र आधारभूत विद्यालयमा ३ दिने स्पोटर््स ओलम्पिक सम्पन्न गरेको को छ । उक्त स्पोटर््स ओलम्पिकमा जुनियर र सिनियर गरी जम्मा १५ खेल समावेश थिए ।
विद्यार्थी जीवनमा खेलको महत्व ठूलो हुने भएकाले ओलम्पिकले विद्यालयहरुमा पढाइ सँगै अतिरिक्त क्रियाकलापलाई जोड दिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप कम भएको अवस्थामा सो अल फर बल र रोटरी क्लब अफ यलको प्रायोजनमा सम्पन्न भएको यस ओल्म्पिकमा विद्यालयमा कार्यरत शिक्षकहरु , स्वयमसेवकहरुको सक्रिय भुमिका रहेको थियो ।
३ दिन सम्म चलेको यस कार्यक्रममा रेड हाउसले सर्वाधिक स्वर्ण जित्दै यसपालिको स्पोटर््स ओलम्पिकको उपाधि जितेको छ ।
ललितपुर महानगरपालिका, वडा कार्यालय, वि.व्य.स , रोटरी क्लब अफ यल र सिएसएन सिएसएन संस्थाका प्रतिनिधिहरु यस कार्यक्रममा सहभागि थिए । सिएसएन संस्थाले व्यवस्थापन गर्र्दै आएको ६ वटा विद्यालय मध्य ललित कल्याण केन्द्र आधारभूत विद्यालय रहेको छ ।
प्रतिक्रिया