९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सूर्यविनायक शान्ती चोक नजिकै तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

३० पुस ०७८, भक्तपुर ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-३ बालकोट महेन्द्र शान्ती चोक नजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा रानाभाट लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : ३९ बजे