२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालमा थप ५ हजार ८७ जनामा कोरोना संक्रमण, उपत्यकामा २६०७ जना(ग्राफसहित)



३० पुस ०७८, काठमाडौँ ।  नेपालमा शुक्रबार एकैदिन ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।

देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्।
यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकामा १० हजार ८११ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ४ : ५४ बजे