१३ पुस २०८२, आइतबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कैचीले रोपेर काठमाडौं बलम्बुका युवकको हत्या




३ माघ ०७८, काठमाडौं । चन्द्रागिरिको बलम्बुमा कैँचीले रोपेर एक युवकको हत्या, एक घाइते, दुईजना पक्राउ
काठमाडौंको चन्द्रागिरि ५ बलम्बुस्थित पिंगलमा कैँचीले रोपेर एक युवकको हत्या गरिएको छ । आइतबार भएको आक्रमणबाट चन्द्रागिरि १२ बलम्बुका २६ वर्षीय रोशन रिजालको मृत्यु भएको हो ।
आक्रमणपछि अर्का पुरुष रुपन्देहीका चन्द्रागिरि कालापानीमा बस्ने निरज मगर घाइते भएका छन् ।

हत्यामा संलग्नताको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि ५ स्थित किसिपीडीमा बस्ने वर्ष १५ का अनुज बस्नेत र उनका दाजु २१ वर्षीय अभिषेक बस्नेतलाई पक्राउ गरेको छ ।
उनीहरुले रिजाललाई कैँचीले रोपेपछि गम्भीर घाइते भएको अवस्थामा स्वयम्भूस्थित एपीएफ अस्पतालमा मृत्यु भएको थियो ।
रिजाल र बस्नेत दाजुभाई साथी साथी रहेको बुझिएको छ । विावदका क्रममा किशोर अनुजले कैँचीले प्रहार गरेको मृतकको छातीको देब्रेतर्फ गहिरो चोट देखिएको छ ।
घटनासम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेका जानकारी दिएको छ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।