६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


खोप अवैध रूपमा बेचबिखन गरिए कारबाही




५ माघ ०७८, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज बुधबार सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएका कारबाही गर्ने बताए ।
“अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ”, उनले जारी गरेका सूचनालाई भनिएको छ, “कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ ।” सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।