१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्र्याक्टरले किचेर एक किशोरको मृत्यु



फाइल तस्बिर

५ माघ ०७८,झापा । अर्जुनधारा नगरपालिका ५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरले किचेर आज बुधबार एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक १ का १४ वर्षीय पुनित दास रहेको प्रहरीले जनाएको छ । प्र–१–०२–००३ त २१०९ नम्बरको ट्र्याक्टरबाट लड्दा उनलाई सोही ट्र्याक्टरको पछाडिको ट्रलीको दाहिनेपट्टिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ६ : २९ बजे