५ माघ ०७८, काठमाडौं । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो बार्षिक साधाणसभा तथा दोस्रो अधिबेशनले वागमति प्रदेश समितिमा टीकाप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
उपाध्यक्षमा गोपाल तिमल्सिना, ध्रुव तिवारी, सचिबमा श्याम कुमार घिमिरे, कोषाध्यक्षमा सुदर्शन घिमिरे, सहसचिब रबिन्द्र हुमागाइ र सहकोषाध्यक्षमा राजकुमार वाइबा हुनुहुन्छ । सदस्यमा कुमार ढकाल, भानुभक्त श्रेष्ठ, ज्ञानराज लामा,र योगनाथ फुँयाल रहेको एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले जानकारी दिएका छन् ।
त्यस्तै काठमाडौ जिल्ला समिति पनि अजित बजगाईंको अध्यक्षता नयाँ नेतृत्व चयन भएको छ । उपाध्यक्षमा लिलानाथ दहाल, सचिबमा शिबप्रसाद तिमिल्सिना (बिदुर),
कोषाध्यक्षमा अरुण महर्जन, सदस्यमा चेतनाथ दाहाल (केदार), बालकृष्ण न्यौपाने र
जयराम घिमिरे छन् ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष राजनप्रसाद दाहाल र नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हेमराज ढकालको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रममा महासंघ सदस्य एवं एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटालगायतको उपस्थिति रहेको बताइएको छ ।
सो अवसरमा केन्द्रिय सचिवालय सदस्य मनोज कुमार घिमिरे, निवर्तमान उपाध्यक्ष सन्तोष दाहाललगायतले व्यवसायिक एकतामा जोड दिएका थिए । काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईंले जस्तोसुकै अवस्थामा पनि आफूले पाएको जिम्मेवारी इमानदारीसाथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए भने एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालले व्यवसाय प्रवद्र्धनका लागि सहकार्यमा जोड दिएका थिए । एसोसिएसनका केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाले हालसम्म बागमती प्रदेशले उल्लेख्यरुपमा काम गर्दै आएको भन्दै नयाँ कार्यसमितिले पनि अझ राम्रो गर्दै जाने विश्वास व्यक्त गरे ।
एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडियाले डेरी व्यबसायीले अग्रपंक्तिमा बसेर काम गर्नुपर्ने भएकोले सरकारले कोरोनाको खोप उपलब्ध गराउनुपर्ने बताए । महासंघका सदस्य हेमराज ढकालले डेरी व्यवसायीलाई बुस्टर डोजका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
प्रतिक्रिया