१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मधेस प्रदेशमा एमाले र लोसपाबीच राष्ट्रियसभा निर्वाचनमा सहमति




६ माघ ०७८, काठमाडौं । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल बीच यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा एकअर्काका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
एमालेका मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपाका प्रदेश समिति अध्यक्ष जीतेन्द्र सोनलबीच आज विहीबार उक्त सहमतिपत्रमा हस्ताक्षरमा भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारीलाई सूर्य चिह्नमा र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादवलाई साइकल चिह्नमा मतदान गर्ने सहमति भएको छ । मधेस प्रदेशका जनताको चाहना र भावनालाई ध्यानमा राखि एमाले र लोसपाबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ८ : ५९ बजे