१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच त्रिपक्षीय भेटवार्ता




६ माघ ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । उनले आगामी राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह तथा सङ्घीय र प्रदेश तहको निर्वाचनका बारेमा छलफल भएको बताएका छन् ।
उनका अनुसार निर्वाचनबारे छलफल गर्नका लागि प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालबीच शुक्रबार अपराह्न ४ बजे सत्तारूढ गठबन्धन दलको बैठक बोलाउने सहमति भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ९ : ३३ बजे