प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मङ्गलबार पार्टीको १४औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार विमलेन्द्र निधिको निवास बानेश्वरमा । प्रधानमन्त्री देउवाले नेता निधिलाई भेटेर सभापति पदमा पुनः हुने मतदानमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । तस्बिरः रोशन सापकोटा÷रासस
७ माघ ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने प्रधानमन्त्रीकोे सचिवालयले जानकारी दिएकोे छ ।
कोरोना माहामारीको विषम परिस्थितीमा प्रधानमन्त्रीले राष्ट्रका नाममा गर्ने सम्बोधनका क्रममा माहामारी नियन्त्रणका ठोसयोजना समेत सार्वजनिक गर्ने अपेक्षा छ ।
पछिल्लो समय लिपुलेकमा सडक विस्तार रोक्न कुटनीतिक पहल नगरेको समयमै सथानीय निर्वाचन गरि मिती सारेर संसद विघटन गर्न लागेको चर्चाका बीच प्रधानमन्त्रीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया