१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भिजिट भिसामा खाडी र मलेसिया जान रोक




७ माघ ०७८, काठमाडौं । सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो ।

यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । नेपाली युवायुवती भिजिट भिसामा खाडीका मुलुक र मलेसियामा पुगी विभिन्न गतिविधिमा संलग्न हुने गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ९ : ०९ बजे