१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिन्धुपाल्चोकमा गाडी दुर्घटना,चार जना घाइते



फाइल तस्विर

८ माघ ०७८, सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका ६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।
गाडी अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  १० : १४ बजे