१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा घट्दै कोभिड संक्रमित




एजेन्सी
१० माघ ०७८, नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ ।
संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

 

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १० : ३० बजे