१० माघ ०७८, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जानकारी दिएको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको मौसमविदले जानकारी दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेकोे छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
ै राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ।
प्रतिक्रिया