११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


युवा संघले जलायो प्रधानमन्त्री र मन्त्रीको पुत्ला




खगेन्द्र अधिकारी
१२ माघ ०७८, ताप्लेजुङ । युवा संघ नेपाल र अनेरास्ववियु ताप्लेजुङले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणुकुमारी यादवको पुत्ला दहन गरेका छन् ।
स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री देउवाले आलटाल गरेको तथा मन्त्री यादवले हिंसात्मक कार्यलाई प्रोत्साहन दिनेगरी दिएको अभिव्यक्तिविरुद्ध युवा संघ र अखिलले संयुक्त रुपमा आन्दोलन स्वरुप मंगलबार साँझ सदरमुकाम फुङ्लिङमा पुत्ला दहन भएको हो ।
एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली वीरेन्द्रचौकमा आएर पुत्ला दहनमा परीणत भएको अनेरास्ववियुका कार्यवाहक जिल्ला अध्यक्ष विवेक बानियाँले जानकारी दिए ।
रौतहटको गौरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका कार्यकर्ताले गरिरहेको आन्दोलनको विरोध गर्दै गौर हत्याकाण्ड दोहो¥याउने अभिव्यक्ति दिएकी थिइन् । अहिले यसको सर्वत्र विरोध भइरहेको छ । न्युज कारखाना
युवा संघका जिल्ला इञ्चार्ज युवा संघका जिल्ला इञ्चार्ज गोपाल न्यौपानेले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न ढिलाइ गरे युवा संघ त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ७ : ५४ बजे