११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जनगणनाको नतिजा आज सार्वजनिक गरिँदै




१२ माघ ०७८, काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।
जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र विदेशमा रहेकाको संख्या आज सार्वजनिक हुन लागेको हो ।
विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ८ : २० बजे