११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जनगणना २०७८ नेपालको जनसंख्या झण्डै ३ करोड, महिला ६ लाख धेरै




न्युज कारखाना
१२ माघ ०७८, काठमाडौं । १२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण सार्व गरिएको छ । सार्वजनिक विवरण अनुसार नेपालको जनसंख्या जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो ।
गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
१२औँ जगनणनाको प्रारम्भिक विवरणअनुसार पुरूष एक करोड ४२ लाख ९१ हजार ३११ र महिला एक करोड ४९ लाख एक हजार १६९ जना रहेका छन् । जसअनुसार पुरूषभन्दा महिला ६ लाख बढी छन् ।
१० वर्षमा जनसंख्या वृद्धिदर शून्य दशमलज ९३ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ११ : २७ बजे