१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै छोराले गरे ८० वर्षीय बुबाको हत्या




१३ माघ ०७८, मोरङ । बाबु आमालाई ईश्वरका साक्षात् प्रतिमूर्तिका रुपमा लिने गरिन्छ । आमा–बुवाको सेवा, सत्कार, श्रद्धा र सद्भाव गर्नु हरेक छोराछोरीको धर्म र कतव्र्य हो । तर हाम्रा समाजमा यस्ता घटनाहरु पनि घटेका छन् जहाँ छोराछोरीले आफ्नै बाबु आमाको हत्या गरेका छन् ।
मोरङमा यस्तै घटना घटेको छ । आफ्नै बुबा ८० वर्षीय दल बहादुर खत्रीको कुटपिट गरी हत्या गरेको अभियोगमा बेलबारी नगरपालिका–९ डाँगाबजार बस्ने ३५ वर्षीय जय बहादुर खत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका जय बहादुरले घरायसी विषयमा वादविवाद तथा झैँझगडा हुँदा आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १ : २४ बजे