२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


प्रयाङ्क भिडियो बनाएर सार्वजनिक गरे प्रहरीले कारवाही गर्ने, युट्युवरलाई अप्ठ्यारो




१३ माघ ०७८, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ ।
मन्त्रालयले सार्वजनिक स्थलमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा मानसिक तनाव उत्पन्न हुन सक्ने जनाएको छ ।
’सार्वजनिक स्थलमा कुनै व्यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति÷सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ५ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।