१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा २९४० सहित नेपालमा थप ६८२७ जनामा कोरोना संक्रमण



१४ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा २९४० सहित नेपालमा थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १९ हजार ८ सय ६९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४८०७ पिसिआर परीक्षणबाट र २०२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो। शुक्रबार थप ५४३२ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १० जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ८९ हजार ९४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ४० जना संक्रमित थपिएका छन्।

काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ३५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८०२२, ललितपुरमा १०३१९ र भक्तपुरमा ५६९४ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ५ : १६ बजे