२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोभिडः संक्रमित दर घट्दो, मृत्युदर बढ्दो




१७ माघ ०७८, नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनमा करिव ३४ हजारले कमी हो ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांसँगै भारतमा कोभिड संक्रमितको संख्या ४ करोड १२ लाख नाघेको छ भने कूल मृत्यु हुनेको संख्या ४ लाख ९५ हजार पुगेको छ ।
कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरुलाई बधाई दिएका छन् ।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  १० : १५ बजे