७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


रोचक : भेडा गोठालोलाई पनि भत्ता



फाइल तस्विर

१७ माघ ०७८, खलंगा । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट प्रदान गर्ने भएको छ । कर्णाली प्रदेशले भेडापालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ताको कार्यक्रम अघि बढाएको हो । मन्त्रालयले पचासभन्दा बढी भेडा पाल्ने किसानलाई मासिक रु एक हजार ५०० का दरले वितरण गर्ने कार्यक्रम छ ।
जुम्लामा गोठालो भत्ताका लागि २६५ किसानले आवेदन दिएका छन् । गरिने गोठालो भत्ताका लागी उनीहरुले आवेदन दिएका हुन् ।
पशुसेवा कार्यालयले भत्ताका लागि आवेदन दिन भेडापालक किसानलाई आह्वान गरेको थियो । कार्यालय प्रमुख गोविन्द महतका अनुसार छनौट प्रक्रिया अघि बढाइएको छ । सो विषयमा जानकारी लिन कर्मचारी किसानको घरघरमा खटाइएको छ । प्रतिवेदन आएपछि भत्ता वितरण गरिने महतले बताएका छन् ।
जिल्लाका १५० किसानलाई गोठालो भत्ता दिने कार्यक्रम छ । रकम सम्बन्धित किसानको बैंक खातामा जम्मा गरिनेछ । उक्त कार्यक्रमका लागि रु ७२ लाख विनियोजन गरिएको छ ।
रासस

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ०३ बजे