११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चिसो बढेपछि वडा कार्यालयले बाँड्यो सिरक




१८ माघ ०७८, उदयपुर । बाक्लो हुस्सु र चिसो हावाका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको त्रियुगा नगरपालिका– १ ले ९० दलित, विपन्न तथा एकल महिलालाई सिरक वितरण गरेको छ ।
त्रियुगा नगरपालिका १ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक÷एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हो ।
वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयोग गरिएको बताए ।
उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ७ : ४३ बजे