१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा थप ५५८३ जनामा कोरोना संक्रमण, उपत्यकाका १९०७ जना




१८ माघ ०७८, काठमाडौं ।  नेपालमा मंगलबार थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १७ हजार ६७४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ३६५७ पिसिआर परीक्षणबाट र १९२६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ८२६७ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै, काठमाडौं उपत्यकामा १९०७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ संक्रमित थपिएका हुन्।

यसैगरी काठमाडौं उपत्यकामा ४४ हजार ५३१ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २९५२०, ललितपुरमा ९७२३ र भक्तपुरमा ५२८८ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ५५ बजे