१९ फाल्गुन २०८०, शनिबार | Sun Mar 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा भ्रष्टाचार गरेको उजुरी




१८ माघ ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अन्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमाले आवद्ध राष्ट्रिय युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको हो ।
खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप हराएको र त्यसको मूल्य करिब २ अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको युवा संघले आरोप छ । मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूमाथि छानविन गर्न माग गरिएको छ ।
‘अर्थमन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधान बमोजिम कारबाही गर्न माग गर्दछौं,’ संघका अध्यक्ष किरण पौडेलले भने । स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जाको विषय भएको आरोप लगाइएको छ ।

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गरिएको बताएका छन् ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ६ : ०६ बजे