२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


असई हुँ भन्दै हिँड्ने डोलेश्वरका तामाङ भद्रकाली चेकपोइन्टबाट पक्राउ




१९ माघ ०७८, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–२८ भद्रकालीस्थित चेकपोइन्टबाट एक जनालाई पक्राउ गरेको हो ।

बुधबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका–८ डोलेश्वर घर बताउने २६ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको हो।

उनले चेकिङमा खटिएका प्रहरी जवान लालुप्रसाद यादवलाई आफू प्रहरी सहायक निरीक्षकको परिचय दिएका थिए।
तर प्रहरी जवान यादवलाई शंका लागेर चेक गरेको थियो। उनीबाट प्रहरीले प्रहरी सहायक निरीक्षकको दर्ज्यानी समेत लगाएको पोशाक र आठ वटा पासपोर्ट साइजका फोटो समेत फेला पारेको छ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।