१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने



फाइल तस्विर

१९ माघ ०७८, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो ।
बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो ।
त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको छ ।

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।