७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एमालेको प्रदेश अधिवेशन स्थानीय चुनावपछि



१९ माघ ०७८, काठमाडौं । नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ । बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन । बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ ।

यससँगै एमाले सचिवालय बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।