९ फाल्गुन २०८०, बुधबार | Thu Feb 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शनिबार मध्याह्नपछि मौसममा सुधार आउँने



२१ माघ ०७८, काठमाडौं । बिहीबार रातिदेखि काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ । यो क्रम रातभर रहने मौसमविद्को भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उनका अनुसार दिउँसो जस्तै रातिको अवस्था हुने छ ।
उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।
’भोलिबाट मौसममा केही सुधार हुने देखिएको छ’ उनले भनिन्, ’भोलि मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।’

 

 

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ४७ बजे