ललितपुर खबर
२३ माघ ०७८,ललितपुर । नगरपालिकाको काम मुख्यतः नगरपालिकालाई सफा सुग्घर राख्ने,नगरका झै झगडा हेर्ने र नगरलाई सुव्यवस्थित राख्ने हो ।
सिंगो नगरलाई सफा स्वच्छ हराभरा बनाउने जिम्मेवारी नगरपालिकाको कार्यालय अगाडि नै हेरी नसक्नु हिलाम्मे छ ।
बज्रवाराहीस्थित गोदावरी नगरपालिका कार्यालय यस्तो हिलाम्मे भएको लामो समय भएको कार्यालय अगाडि ड्युटी गर्ने नगरप्रहरीले बताए । उनले भने, ‘यहाँ ३ महिनासम्म खाडल खनेर राखियो । बल्ल पुरियो । तर पानी पर्दा हिलो हुन्छ । घाम लाग्दा धुलो ।’
नगरपालिका अगाडि नै घर भएकी एक महिलाले नम नबताउने शर्तमा भनिन्, नगरपालिका अगाडि नै घर छ भनेर के भन्नु सधै हिलो सधै धुलो ।
उनका अनुसार केहीसमयअघि ५०मिटर सडक ढलान गर्दा यहाँ झनै जात्रा थियो । ठेकेदारले सडकमै माटो थुपार्दा नगरपालिकाले वास्तै गरेन । लामो समय बटुवाले बैकल्पिक बाटो प्रयोग गरे ।
नगरपालिका अगाडि खाल्टो परिरहने समस्याका कारण पनि सडकको यो अवस्था आएको अर्का स्थानीयको भनाई छ । उनका अनुसार खानेपानी कार्यालयले धारो बनाउन समय लगाउदा यो समस्या पटक पटक भइरहेको छ ।
प्रतिक्रिया