१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ५६६ सहित नेपालमा थप १३८६ जनामा कोरोना संक्रमण




२३ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ५६६ सहित नेपालमा थप १३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना पुष्टि भएको हो। ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ८७०४ जना निको समेत भएका छन्। यसको संक्रमणबाट थप ११ जनाले ज्यान गुमाएका छन्।
यसैबीच काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्।

योसँगै उपत्यकामा २१ हजार ८७९ सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै ९ हजार ८५८, ललितपुरमा ८ हजार ८६१ र भक्तपुरमा ३ हजार १६० जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ०० बजे