२५ माघ ०७८, काठमाडौं । नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार ८५८७ पिसिआर परीक्षणबाट ११८४ र ४१०५ एन्टिजेन परीक्षणबाट ७७३ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५१०३ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ३६ हजार १ सय ८१ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा ४५१ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।
हाल काठमाडौं उपत्यकामा १९१०४ जना सक्रिय संक्रमित रहेका छन्।
प्रतिक्रिया