१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज एमसिसीविरुद्ध राजधानीमा प्रदर्शन



फाइल तस्विर

२६ माघ ०७८, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् ।
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन् ।
नेताहरूका अनुसार माइतीघरबाट सुरु हुने प्रदर्शन स्रसद भवन नयाँबानेश्वरसम्म पुग्नेछ । यसबाहेक आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ ।
सरकारले एमसिसी संसद्बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ५५ बजे