१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता



२७ माघ ०७८, काठमाडौँ।  सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ । स्रोतका अनुसार भेटमा प्रचण्ड र माधव नेपालले एमसीसी यथास्थितिमा संसदमा टेबल गर्न नसकिने बताएका थिए । उनीहरुले एमसीसीका विषयमा स्थानिय निर्वाचनपछि छलफल गरेर अघि बढाउन सकिने प्रस्ताव राखेका थिए । तर, जवाफमा प्रधानमन्त्री देउवाले आफुले तय गरेको समय सीमाभित्रै एमसीसी जसरी पनि टेबुल गराएर पारित गर्ने अडान दोहोर्याएका थिए ।

अमेरिकाले २० दिनभित्र एमसीसी संसदबाट पारित नगरे फिर्ता लैजाने संकेत गरेको छ । यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीका अध्यक्षलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्बाट परियोजना अनुमोदन गराउने बचन दिएका थिए । तर, माओवादी अध्यक्ष प्रचण्ड त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।

 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  २ : १० बजे