१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप एक हजार ३६९ जनामा कोरोना सङ्क्रमण पुष्टि   



२७ माघ ०७८, काठमाडौँ।   देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८८० को नमूना परीक्षण गर्दा एक हजार ३६९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार हजार ८८० को पीसीआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार २३८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ३० हजार ६०७ पुगेको छ । निको हुने दर ९५ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट नौ लाख ७१ हजार ४७५ र एन्टीजेन विधिबाट परीक्षण गर्दा एक लाख ३६ हजार ५११ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५३ लाख १२ हजार ४४२ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या १० लाख सात हजार २३४ पुगेको छ । कूलमा सङक्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख २० हजार ६०१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८६४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९० दशमलव पाँच रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३२ र आइसियुमा २२५ रहेको छ । होमआइसोलेसनमा २७ हजार ९३०, संस्थागत आइसोलेसनमा एक हजार ७४ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासीपूर्व, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य सङ्क्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार १७०, ललितपुरमा तीन हजार ४३१ र भक्तपुरमा एक हजार ४६४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ६ : २५ बजे