२० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कमल थापाले नयाँ दल दर्ता गर्ने, राष्ट्रिय एकता पार्टी प्रस्ताव



२७ माघ ०७८, काठमाडौं । राप्रपा परित्याग गरेका कमल थापाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्ने भएका छन् । बिहीबार राजधानीमा बसेको बसेको थापा समूहको बैठकले नयाँ पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।
आज बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी उनी निकट नेता राजाराम बर्तौलाले जानकारी दिए । हिन्दुत्व, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर दल दर्ता गर्न नेता थापालाई जिम्मेवारी दिइएको छ ।
फागुन पहिलो साताभित्र दल दर्ता गरिसक्ने गरी थापा समूहले तयारी थालेको छ ।
बैठकमा थापाले पार्टीको नाम र चुनाव चिह्न प्रस्ताव गर्न आग्रह गरेकोमा राष्ट्रिय एकता पार्टी नेपाल नाम राख्नुपर्नेमा जोड दिइएको बताइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ९ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।