१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाउँपालिका अध्यक्षमा धामीको उमेदवारी घोषणा




सीपी लोहिया
२९ माघ ०७८, बैतडी । सरकारले स्थानीय निर्वाचनको मिती घोषणा गरेसँगै उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । १०औँ गाउँसभाको सम्बोधन गर्दै उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उमेदवार बन्ने बताएका हुन् ।
उनी नेपाली कांग्रेसका नेता हुन् ।
सिगास गाउँपालिकामा सडक, विद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा स्वरोजगार लगायतका क्षेत्रमा राम्रो प्रगति भएको उनले बताए ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ ।
÷न्युज कारखाना

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : ५६ बजे