११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


माघमै योजना सम्झौता गर्ने वडाध्यक्षलाई सम्मान




२८ माघ ०७८, जुम्ला । तातोपानी गाउँपालिकाले माघ महिना भित्रै योजना सम्झौता गर्ने वडा अध्यक्षलाई सम्मान गरेको छ । तातोपानी १ का वडा अध्यक्ष प्रेम बहादुर कठायतलाई सम्मानित गरिएको हो । पालिकाले माघभित्रै योजना सम्झौता सकाएका कारण उनलाई सम्मानित गरेको बताएको छ ।
छोटो अवधिमा विकास निमार्ण गुणस्तर नहुँने भन्दै पालिकाले माघ भित्रै योजनाको सम्झौता गराउने लक्ष्य लिएको थियो । सोही वडाका सबै योजना सम्झौता गरेको भन्दै पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु सम्मूर्ण कर्मचारीहरुको सहभागितामा दोसल्ला र अबिरसहित सम्मान गरिएको छ ।
तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकियका रुपमा मिलन बुड्थापा आएपछि माघ पहिलो साता कर्मचारी र वडाध्यक्षहरु संग छलफल गरेर माघ भित्रै योजना सम्झौता सक्ने निर्णय भएको थियो ।

उनी यसअघिदेखि वडामा प्राविधिक जनशक्ति खटाउने देखि जनप्रतिनिधि र कर्मचारीहरु योजना सम्झौतामा लागिपरेका थिए ।

जसअन्तरर्गत तातोपानी गाउँपालिका वडा नं.१ का वडाका सबै योजना माघ तेस्रो सातामै सकाउन वडाध्यक्ष प्रेम बहादुर कठायतले प्रभावकारी समन्वय र सहकार्य गरेकोले सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।

उनले भने,“माघ मसान्त भित्र सवै योजनाहरु सम्झौता गरि सक्ने भनी गरेको निर्णय लाई सार्थक तुल्याउदै वडा नं.१ वडाध्यक्ष सबै योजना सम्झौता गर्न सफल भएका छन् । अरुलाई सिकाई होस भनेर वडाध्यक्षलाई उर्जा थप्नका लागि पालिकाबाट सम्मान गरेका हौ ।”

विकासमा गुणस्तर ल्याउन,पुँजिगत खर्च बढाउन,समयमै भुक्तानि सक्न,असारे विकासको अन्त्य गर्न र अनुगमन निरिक्षणलाई प्रभावकारी माघमै योजना सम्झौता सक्ने अभियान थालेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाको भनाई छ ।

हतारमा गरिएको सम्झौताले विकास निर्माणलाई गति दिन नसक्ने भएकाले यसमा कर्मचारी,जनप्रतिनिधि नागरिकको सहयोग समन्वय सहकार्य आबश्यक छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने,“पालिकाका ८ वटा वडा मध्य १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ ।

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ०७ बजे