१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ सय ९० चालकमाथि कारवाही



१ फागुन ०७८, काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९० जना सवारी चालकमाथि कारवाही गरेको छ । शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियमको पालना गरेको नपाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६० जना र ढोका खुल्लै राखेर सवारी चलाउने ५३ जना सवारी चालक छन् ।

यस्तै शनिबार नै अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना, मदिरा पिएर सवारी साधन चलाउने ५४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ९ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : ५० बजे