१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महाभियोगपछि जबराको टिप्पणी, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पु¥याउन्’



२ फागुन ०७८, काठमाडौं । संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पु¥याएर आफूलाई हटाउन भनेका छन् ।
सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै गाडीको झन्डा८ हटाएर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ’दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पु¥याउन् ।’
संसदबाट महाभियोग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्यो सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियोग पारित हुँदैन ।
एमालेको आइतबारको सचिवालय बैठकले महाभियोग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेको थियो । एमाले संसदीय दलको बैठक आज बस्दैछ । न्युज कारखाना

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।